नेपालको इतिहास icon

2.2 by HistoryofTheWorld


Nov 5, 2022

About नेपालको इतिहास

नेपालको इतिहास , Have English and Nepali (नेपाली) Languages

(English)

The history of Nepal is intertwined with the history of the broader Indian subcontinent and the surrounding regions, comprising the areas of South Asia and East Asia.

Nepal is a multi-ethnic, multiracial, multicultural, multi-religious, and multilingual country. The most spoken language is Nepali followed by several other ethnic languages.

The Kingdom of Nepal was established in 1768 and started a campaign of unifying what would form the modern territories of Nepal. Some former territories had been lost due to the kingdom having participated in the Sino-Nepalese War which ended in both victory and losses, ultimately accepting as a tribute state of Qing dynasty of China from 1792 to 1865.[1] The Anglo-Nepalese War ended in British victory and ceded some Nepalese territory. In a historical vote for the election of the constituent assembly, the Nepalese parliament voted to abolish the monarchy in June 2006. Nepal became a federal republic on 28 May 2008 and was formally renamed the 'Federal Democratic Republic of Nepal' ending the 200-year-old reign of the Shah monarchs.

(नेपाली)

एसियाका ठूला देशहरू चीन र भारतको बीचमा हिमालयको काखमा बसेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ । करीब १३ करोड वर्ष अगाडि बनेका यहाँका पर्वत शृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ । पश्चिम नेपालको बुटवलक्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास शुरू भइसकेको तथ्य स्पष्ट हुन्छ । नेपाल नामको पहिलो उल्लेख अथर्वपरिशिष्टमा गरिएको पाइन्छ । अथर्वपरिशिष्टको समय निश्चित गर्न नसकिए तापनि इसापूर्व ५००–६०० को बीचमा यसको निर्माण भएको मानिन्छ । यसमा नेपाललाई कामरू, विदेह उदुम्बर, अवन्ती र कैकय देशहरूसँगै राखी चर्चा गरिएको छ । मूल सर्वास्तिवाद, विनयवस्तु नामको बौद्ध ग्रन्थमा पनि नेपालबारे चर्चा गरिएको छ । यसमा भगवान बुद्धको समयमै उनका चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ । महाभारत वनपर्वमा नेपाललाई विषय (देश) को रूपमा वर्णन गरिएको छ । जैन ग्रन्थ आवश्यक सूत्र तथा कौटल्यको अर्थशास्त्र (ई.पू. चौथो शताब्दी) ले पनि नेपालको बारेमा उल्लेख गरेका छन्।त्यस्तै भारतीय गुप्त सम्राट समुद्रगुप्तले आफ्नो इलाहाबाद अभिलेखमा आसाम र किर्तिपुर (कुमाउँ) नेपालको उल्लेख छिमेकी राज्य को रूपमा गरेका छन् भने त्यसपछिका प्रायः सबै स्श्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेका छन् । नेपालका शिलालेखहरूमा भने वि.सं. ५२२ पछि पाइएका अभिलेखमा नेपाल शब्दको उल्लेख भएको छ । यसरी यो मुलुक अत्यन्तै प्राचीन समयदेखि नै नेपाल नामबाट परिचित रहेको स्पष्ट हुन्छ । नेपाललाई सत्य युगमा सत्यवती, त्रेता युगमा तपोवन र द्वापर युगमा मुक्तिसोपान भनिन्थ्यो र कलि युगमा नेपाल भन्ने गरिएको कुरा हाम्रा पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।

हाम्रो देश नेपालको नामकरण कसरी भयो भन्ने बारेमा नेपाल शब्द सबैभन्दा पहिला अथर्ववेदमा उल्लेख गरिएको पाइन्छ। यसअनुसार नेपाल हिमालको काखमा भएको कारणबाट नेपाल नामको उत्पत्ति संस्कृत शब्द 'निपालयबाट भएको हुन सक्छ, जसको अर्थ "पहाडको आधार (खुट्टा) " अथवा "खुट्टामा निवास" हो । यसका साथै तलका कथनहरू पनि सुन्नमा आउने गर्दछन्:

नेपाल शब्द तिब्बती भाषा नियमपालबाट आएको हो, यसको अर्थ हो "पवित्र भूमी" हुन्छ।

धेरै लामो समय पहिला नेपाल धेरै मात्रामा ऊनको उत्पादन गरिन्थ्यो र ऊन राख्नलाई तिरपालको घरको प्रयोग गरिन्थ्यो। यहाँ ने जसको अर्थ हो ऊन र पाल जसको अर्थ हो तिरपाल भएकोले यसै शब्दबाट नेपाल नाम रहन गएको हुन सक्छ।

ने नाम गरेका ऋषीले संरक्षण दिएका कारण ने र पाल(संरक्षण गर्नु) भन्ने शब्द मिली नेपाल बनेको हुन सक्छ।

Notice :

This app is develop for education and research purpose with fair use law is apply under creative common license and does not violate the policy about Google-served ads on screens with replicated content .Fair use is a doctrine law that permits limited use of copyrighted material without having to first acquire permission from the copyright holder for education and research purpose .

What's New in the Latest Version 2.2

Last updated on Nov 5, 2022

Minor bug fixes and improvements. Install or update to the newest version to check it out!

Translation Loading...

Additional APP Information

Latest Version

Request नेपालको इतिहास Update 2.2

Uploaded by

Italo Bruno

Requires Android

Android 5.0+

Show More

नेपालको इतिहास Screenshots

Comment Loading...
Searching...
Subscribe to APKPure
Be the first to get access to the early release, news, and guides of the best Android games and apps.
No thanks
Sign Up
Subscribed Successfully!
You're now subscribed to APKPure.
Subscribe to APKPure
Be the first to get access to the early release, news, and guides of the best Android games and apps.
No thanks
Sign Up
Success!
You're now subscribed to our newsletter.