Chaukune Gaupalika icon

1 by codeforcore


Apr 29, 2019

About Chaukune Gaupalika

This is official app. You can find all the details related to चौकुने गाउँपालिका

सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित चौकुने गाउँपालिका साविकका लगाम, बेतान¸ विजौरा¸गुटुर घाटगाउँ गा वि स हरु मिलेर बनेको हो । चौकुने गाउँपालिकाको अक्षांश २८० ४४’ २५’’ उत्तर देखि २८० ५८’ ४१’’ उत्तर सम्म र देशान्तर८०० ५८’ ५७’’ पूर्व देखि ८१० २१’ १५’’ पूर्व सम्म फैलिएको छ । यस गाउँपालिकाको २०६८ सालको राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या २५ हजार २ सय ४० जना रहेकोमा १२ हजार २ सय १४ जना पुरुष र १३ हजार २६ जना महिला रहेका छन् । यसको क्षेत्रफल करिब ३८१.०३ वर्ग कि मि रहेको छ । सुर्खेत जिल्ला भएर बग्ने भेरी नदी र कर्णाली नदीले लगाम जस्तो गरी यस गाउँपालिकालाई बेरेर बगेका छन् । यस क्षेत्रमा पर्यटन, कृषि, पशुपालन,र्‍याफटिङ्ग व्यवसायको उच्च सम्भावना रहेको छ । यस गाउँपालिकामा जातिय रुपमा मिश्रित बसोबास रहेको छ । बिशेषगरी ब्राह्मण, क्षेत्री, मगर, दलित, राजीहरुको बसोबास रहेको छ । यस क्षेत्रका समुदायले नेपाली भाषालाई मातृभाषाको रुपमा प्रयोग गरेको पाईन्छ । यस क्षेत्रमा चोइटिलो फुस्रो माटो भएको र अधिकांश जमिन भिरालो र कृषि कार्यको लागि अनुपयुक्त भएको हँुदा यस क्षेत्रका मानिसहरु जिविकोपार्जनका लागि कृषिमा भन्दा ज्यालादारीमा काम गर्नका लागि भारत तर्फ जानेगरेको देखिन्छ । साविकको गुटुगा.वि.स. वडा नं ६ मा रहेको चौकुने पहाडको बिचमा चारकुना मिलेर बनेको क्षेत्रको पहिचानबाट यस गाउँपालिकाको नाम चौकुने नामाकरण भएको हो । हाल उक्त क्षेत्र चौकुने सिमेन्ट उद्योगको नामले समेत प्रसिद्ध रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको गुटुगाविस वडा नं. ६ मा रहेको छ ।

चौकुने गाउँपालिका लगाम, बेतान, बिजौरा, गुटुर घाटगाउँ गरी पाँचवटा साबिककागाउँ विकास समिति मिलेर बनेको गाउँपालिका हो । । चौकुने गाउँपालिकालाई दशवटा वडामा बिभाजन गरिएकोछ । पुरानो लगाम गाउँ विकास समितिका वडा नं ३,४,५र ६ लाई चौकुने गाउँपालिकाको वडा नं १ र वडा नं १,२,७,८ र ९ लाई चौकुने गाउँपालिकाको वडा नं २ कायम गरिएकोछ । बेतान गाउँ विकास समितिका १ देखि ९ वटा वडाहरुलाई चौकुने गाउँपालिकाको वडा नं ३ र बिजौरा गाउँ विकास समितिका वडा नं १,२,७,८ र ९ लाई चौकुने गाउँपालिकाको वडा नं ४ र वडा नं ३,४,५र ६ लाई चौकुने गाउँपालिकाको वडा नं ५ कायम गरिएकोछ । त्यसैगरी गुटुगाउँ विकास समितिका वडा नं १,२,३,४ लाई चौकुने गाउँपालिकाको वडा नं ६ र वडा न ५,६,७ लाई चौकुने गाउँपालिकाको वडा नं ७ र वडा न ८ र ९ लाई चौकुने गाउँपालिकाको वडा नं ८ कायम गरिएकोछ । घाटगाउँगाउँ विकास समितिका वडा नं ५, ७, ८ र ९ लाई चौकुने गाउँपालिकाको वडा नं ९ र वडा नं १,२,३,४,६ लाई चौकुने गाउँपालिकाको वडा नं १० कायम गरिएकोछ ।

What's New in the Latest Version 1

Last updated on Apr 29, 2019

Minor bug fixes and improvements. Install or update to the newest version to check it out!

Translation Loading...

Additional APP Information

Latest Version

Request Chaukune Gaupalika Update 1

Uploaded by

Angelo Musone

Requires Android

Android 4.1+

Show More

Chaukune Gaupalika Screenshots

Comment Loading...
Languages
Searching...
Subscribe to APKPure
Be the first to get access to the early release, news, and guides of the best Android games and apps.
No thanks
Sign Up
Subscribed Successfully!
You're now subscribed to APKPure.
Subscribe to APKPure
Be the first to get access to the early release, news, and guides of the best Android games and apps.
No thanks
Sign Up
Success!
You're now subscribed to our newsletter.